Radio Unity 92.2MHz

पानीले तिर्खाएको मालमको प्यास मेटाउनेछु : जोशी

डडेल्धुराः डडेल्धुरा प्रदेशसभा–२ बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा ताराप्रसाद जोशीले पानीले तिर्खाएको मालमको प्यास मेटाउने बताएका छन्। शनिबार मतदातालाई धन्यावद दिन त्यहाँ पुगेका जोशीले पानीले तिर्खाएको मालमको तिर्खा मेटाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

अमरसगढी नगरपालिका–१ मालममा वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आइरहेको छ। यहाँको खानेपानीको समस्या सामाधानका लागि आफूले चाँडै पहल थाल्ने उनको भनाइ थियो। ‘मालम लामो समयदेखि तिर्खाएको छ, त्यो कुरा मलाई थाहा छ,’ उनले भने, ‘मालमलाई लागेको तिर्खा मेट्न सकिएको छैन। मेरो पहिलो प्रयास मालमको तिर्खा मेटाउने हुनेछ।’

उनले प्रदेशसभामा आफूले यहाँका जनताको आवाज बुलन्द पर्ने पनि बताए। यसका साथै उनले आफूले जनताको विश्वास टुट्न नदिने पनि औंल्याए। प्रदेशसभा सदस्य जोशीले तरकारी संकलन केन्द्र निर्माणका लागि पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित पाेष्टहरु
Loading...