Radio Unity 92.2MHz

रेडियो युनिटी आजदेखि आठौं वर्षमा प्रवेश

डडेल्धुरा: सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ। पश्चिम नेपाल मिडिया अभियानद्वारा वि.स.२०७२ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई ०७२ मंसिर १६ गतेदेखि प्रशारण शुभारम्भ गरेको रेडियो युनिटी आज शुक्रबारदेखि आठौं वर्षमा प्रवेश गरेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगाबाट प्रसारित पाँच सय वाट क्षमताको रेडियो युनिटी सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, कर्णाली प्रदेशका दैलेख, कालिकोटदेखि लिएर भारतका केही स्थानमा सुन्न सकिन्छ।

साथै इन्टरनेट अनलाइनबाट युनिटी खबरबाट पनि विश्वभर सुन्न सकिन्छ। छोटो समयमै रेडियो पारखी स्रोताहरुको मन जित्न सफल रेडियोले सुदूरको संस्कृति रितिरीवाज संरक्षण गर्ने कार्यक्रम तथा समाचारमुलक कार्यक्रमहरु पनि स्रोतहरुको माझमा प्रस्तुत गर्दै आइरहेको छ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास निर्माण तथा अन्य महत्वपूर्ण क्षेत्रहरुलाई समेत यसले आफ्नो क्षेत्रको रुपमा लिएको रेडियो संचालक समिति अध्यक्ष मुकेश भट्टले बताए। कृषि क्षेत्रका साथै विकासका पूर्वाधारहरुमा विषेश वहस, छलफल र निष्कर्षमा जोड दिने यसको मुख्य ध्येय हो भने कु–कार्य, कुरीती, असुरक्षा, हत्या, हिंसा चेलिबेटी बेचविखन, भ्रष्टाचारलगायतका सामाजिक विषयमाथिको धारिलो प्रहारका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू संचालन गर्नु यसको उद्देश्य रहेको उनको भनाइ छ।

साथै आवाजविहीनका आवाजहरू र चपेटामा पारिएका बालबालिकाहरुको हक–हितमा आवाज वुलन्द पार्ने यसको अर्को लक्ष्य रहेको अध्यक्ष भट्टले बताए। रेडियो युनिटीाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने स्रोता, विज्ञापनदता, शुभचिन्तकलगायत रेडियोलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष भट्टले आगामी दिनमा पनि सहयोगको अपेक्षा पनि व्यक्त गरे।

समयक्रमानुसार कार्यक्रम र समाचारलाई समेत परिमार्जन र विकसित गर्दै लगेको तथा आवश्यकताअनुसार थप परिमार्जन एवं परिष्कृत गर्दै लैजाने उनले बताए।

कृषि पेशालाई व्यवसायिकतामा लैजाने प्रेरित गरी आर्थिक संमृद्धिसंग जोड्न पहल गर्ने, सार्वजनिक चाँसोका विषय तथा विकासका पूर्वाधारहरुमा विशेष वहस, छलफलमा जोड दिने, भ्रष्टाचार कु–कार्य, कुरीती, असुरक्षा, हत्या, र हिंसा जस्ता विकृती हटाई भव्य र सभ्य समाज निर्माणमा आवाज उठाउने, जनताको असली सूचक, समयको सूचना समयमै, साथमा हास्य व्यङ्गय मनोरञ्जनात्मक कार्यक्रम, सम्पूर्ण जनताको असली, भरपर्दो, जनमैत्री, सत्य सूचना प्रदान गरिरहेको रेडियोका स्टेशन म्यानेजर उत्तर बिष्टले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...