Radio Unity 92.2MHz

रेडियो युनिटीको वार्षिकोत्सव : डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुराः डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ।

शुक्रबार सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको हो।

अस्पतालमा रहेका ६० जना विरामीलाई फलफूल वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर उत्तर बिष्टले जानकारी दिए।

फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले रेडियोको उत्तरोउत्तर प्रगतिको कामना व्यक्त गरे।

फलफूल वितरण कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

पश्चिम नेपाल मिडिया अभियानद्वारा विस २०७२ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई ०७२ मंसिर १६ गतेदेखि प्रशारण शुभारम्भ गरेको रेडियो युनिटी आज शुक्रबारदेखि आठौं वर्षमा प्रवेश गरेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगाबाट प्रसारित पाँच सय वाट क्षमताको रेडियो युनिटी सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, कर्णाली प्रदेशका दैलेख, कालिकोटदेखि लिएर भारतका केही स्थानमा सुन्न सकिन्छ।

  

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।