Radio Unity 92.2MHz

जिप दुर्घटनामा डडेल्धुराका साउँदको मृत्यु

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालकसमेत रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३६ वर्षीय तेजबहादुर साउँद रहेका छन्।

डडेल्धुराको अनारखोलीबाट डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा बिहीबार साँझ दुर्घटनामा परेको हो।

चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...