डडेल्धुराः हिन्दु युवा महासंघ डडेल्धुरालाई समाजसेवी विनय प्रकाश मल्लले आर्थिक सहयोग गरेका छन्।
माघे संक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा विश्व हिन्दु युवा महासंघ डडेल्धुराले धार्मीक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएपछि मल्लले बुधबार आर्थिक सहयोग गरेका हुन्।
विश्व हिन्दु युवा महासंघ डडेल्धुराका अध्यक्ष रोहन ऐरलाई १० हजार रुपैयाँ सहयोग गरेको मल्लले बताएका छन्। मल्ले यहाँका गरीव, पीडित तथा समाजमा पछाडि परेका बर्गलाई सहयोग गर्दै आएका छन्।
उनले अमरगढीका अधिकांश विद्यालयमा अक्षयकोष समेत स्थापना गरिदिएका छन्। परशुराम नगरपालिकाका–५ स्थित महाकाली किनारमा रहेको परशुरामधाममा माघ १ गते स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ।
मकर संक्रान्ति पर्व परशुराम नगरपालिका–५ महाकाली नदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा विश्व हिन्दु युवा महासंघ डडेल्धुराले यही पुस २९ गतेदेखि धार्मीक प्रवचन तथा सांस्कृतिक कार्यक्रम गर्ने विश्व हिन्दु युवा महासंघ डडेल्धुराका अध्यक्ष ऐरले जानकारी दिए।