Radio Unity 92.2MHz

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, भट्ट र शर्मा मन्त्रीमा नियुक्त

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री राजेन्द्रसिंह रावल र २ जना मन्त्रीलाई बिहीबार शपथ खुवाएका हुन्।

प्रदेश प्रमुख जोशीले रावललाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख जोशीले सत्तारूढ गठबन्धनबाट थप २ जना मन्त्री नियुक्त गरेका हुन्।

रावलले माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापालाई पनि नियुक्त गरेका छन्। यद्यपि मन्त्रीहरूको भने मन्त्रालय तोकिएको छैन। उनीहरूले पनि प्रदेश प्रमुख जोशीबाट बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।