Radio Unity 92.2MHz

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

बैतडी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएको स्थानीय सञ्चारकर्मी सुरेश महराले जानकारी दिए। ​

गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात शुरू भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुराको सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफुल सप्रिने आशा पलाएको सिगासका किसान दानसिंह बोहराले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...