Radio Unity 92.2MHz

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु

बाजुरा: बाजुरामा भूकम्पका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको ५.९ रेक्टरको भूकम्पका कारण एक महिलाको मृत्यु भएको हो।

गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए। घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...