Radio Unity 92.2MHz

सांसद जोशीद्वारा कृतज्ञतासहित धन्यवाद ज्ञापन

डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा. ताराप्रसाद जोशीले डडेल्धुराका मुख्य निर्वाचन अधिकृतलाई हार्दिक कृतज्ञतापत्रसहित धन्यवाद ज्ञापन गरेका छन्।

स्वतन्त्र प्रदेशसभा सांसद जोशीले शुक्रबार एक कार्यक्रमका बीच जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेलाई हार्दिक कृतज्ञतापत्रसहित धन्यवाद ज्ञापन प्रदान गरेका हुन्।

उनले मुख्य निर्वाचन अधिकृत वाग्लेले गरेको काम प्रशंसा गर्दै खादा लगाएर सम्मान पनि व्यक्त गरे। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वासनीय रूपले सफलतापूर्वक सम्पन्न गरी लोकतन्त्रको सृदृढीकरणमा जिल्ला न्यायाधीस वाग्लेले योगदान पुर्‍याएकाले धन्यवाद दिइएको सांसद जोशीले बताए।

सोही अवसरमा उनले जिल्लाको समग्र विकासका लागि आफू दृढ भएर लाग्ने पनि प्रतिबद्धता जनाए।

‘न्यायाधीस वाग्लेज्यूको टिमले विभिन्न चुनौतीका बाबजुद निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्‍यो। यसका लागि हामीहरू धन्यवादका पात्र हुनुहुन्छ,’ सांसद जोशीले भने, ‘जनताले निर्वाचित गरेर पठाइसकेपछि हाम्रीले उहाँहरूको काम गर्नुपर्छ। विकास निर्णण होस् या अन्य काम गर्नमा म पछि हट्ने छैन। निरन्तर जनताको सेवक भएर काम गर्नेछु।’

जिल्ला न्यायाधीश वाग्लेले निर्वाचित सांसदले यसरी कार्यक्रम गरेर पहिलोपटक आफूले धन्यवाद पाएकोमा खुसी व्यक्त गरे।

‘म २०५६ देखि यताका निर्वाचिनमा विभिन्न पदमा रहेर काम गरेको छु। अहिलेसम्म निर्वाचित सांसदले कार्यालयमै आएर यसरी कृतज्ञता पत्र दिनुभएको थिएन। फोनबाट धन्यावद त पाउँथे। तर, माननीय जोशीज्यूले नयाँ सुरुवात गर्नु भएको छ,’ जिल्ला न्यायाधीश वाग्लेले भने,‘यसरी सम्मान गर्नुभएकोमा उहाँ (सांसद जोशी)ज्यूलाई धन्यावद छ।’

यसका साथै उनले प्रदेशसभा जोशीलाई सुदूरपश्चिम र डडेल्धुराको समग्र विकासका लागि शुभकामना पनि दिए।

कार्यक्रममा अधिवक्त हरिप्रसाद भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, पत्रकार महासंघका प्रदेश कोषध्यक्ष राम धामी र पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा सम्पन्न निर्वाचनका बारेमा आफ्नो धारणा राखेका थिए। उनीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गरेकोमा निर्वाचन र सुरक्षा अधिकारीहरूलाई धन्यवाद दिएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...