Radio Unity 92.2MHz

आलितालले जित्यो अन्तरपालिका फुटबलको उपाधि

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले मैत्रीपूर्ण अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण अन्तरपालिका फुटबलको उपाधि आलितालले जितेको हो।

परशुराम नगरपालिको पन्तुरा फिल्डेगाडा मैदान जोगबुडामा शनिबार भएको खेलमा आलिताल गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको टिमले परशुरामलाई ३–२ गोलले हराउँदै ट्रफी जितेको हो। घरेलु टोली परशुराम उपविजेतामै सीमित बन्यो।

विजेता र उपविजेता टिमले ट्रफी र खेलाडीहरूले प्रमाणपत्र पाएका छन्। मैत्रीपूर्ण अन्तरपालिका फुटबल प्रतियोगिताको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले संयुक्तरूपमा आयोजना गरेका हुन्।

परशुरामका नगरप्रमुख भरत वडायर जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरालगायत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, खेलाडी, फुटबलप्रेमी दर्शकहरूको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...