Radio Unity 92.2MHz

डडेल्धुरा क्याम्पसका प्रमुख र प्राध्यापकसँग प्रदेशसभा सदस्यको अन्तरक्रिया

  • लक्ष्मीकुमारी भट्ट

डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा.ताराप्रसाद जोशी र सरस्वती खड्काले डडेल्धुरा बहुमुखी क्याम्पसका प्रमुख र प्राध्यापकसँग अन्तरक्रिया गरेका छन्। मंगलबार क्याम्पसका प्रमुख र त्यहाँ कार्यरत प्राध्यापकसँग डडेल्धुराका सांसद जोशी र खड्काले अन्तरक्रिया गरेका हुन्।

क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले क्याम्पसका समस्या र चुनौतीका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए। उनले भौतिक संरचनाको कमी, कर्मचारी अभाव, विद्यार्थीहरू नियमित उपस्थिति नहुनेलगायतका समस्या राखेका थिए। प्रदेशसभा सदस्य जोशी र खड्काले क्याम्पसका समस्या समाधानका लागि प्रदेशदेखि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसद जोशीले प्रत्येक वर्षको ६/६ महिनामा सेमिनार आयोजना गर्न क्याम्पसलाई सुझाव दिए। उनले शिक्षा, भाषा, काला संस्कृतिका विषयमा सेमिनार गर्दा क्याम्पसको बारेमा प्रचारप्रसार हुने विश्वास व्यक्त गरे।  विद्यार्थीहरूलाई नियमित उपस्थिति गराउनका लागि प्रशासनले नियममा कडाइ गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘विद्यार्थीहरूलाई नियमित उपस्थिति नहुने भन्ने कुरा आयो। उहाँहरूको उपस्थिति बढाउनका लागि क्याम्पस प्रशासनले केही कडा निमय बनाउनुपर्छ।’ उनले क्याम्पसमा कार्यरत कार्यरत प्राध्यापकहरूले तीन महिनाको फरकामा स्थानीय तहमा रहेका माध्यामिक विद्यालयमा ‘भिजिटिङ क्लास’ लिनुपर्ने औंल्याए।

आफूमा रहेको ज्ञान–सीप स्थानीय स्तरमा रहेका विद्यालयमा दिँदा त्यसले पनि क्याम्पस सकारात्मक धारण आमनागरिकमा प्रवाह हुने उनको ठम्याइ छ।

प्रदेशसभा सदस्य खड्काले क्याम्पसलाई राजनीतिक भुमरीबाट अलग्गै राम्रो पर्नेमा जोड दिइन्। राजनीतिक गर्ने थालोका रूपमा क्याम्पसलाई प्रयोग गर्न नहुने उनको भनाइ थियो। क्याम्पसमा हुने विभिन्न किसिमको राजनीतिकलाई अन्त्य गर्न सके यहाँको शैक्षिक सुधारमा टेवा पुग्ने उनले बताइन्।

क्याम्पसको विकासका लागि सबै पक्षको समन्वय र सहकार्यको खाँचो रहेको पनि औंल्याइन्। ‘यस क्याम्पसका विकासका लागि हामी अन्य माननीयहरूसँग पनि समन्वय गरेर अगाडि बढ्छौँ,’ उनले भनिन्, ‘यहाँ देखिएका समस्याहरूलाई समाधान गर्न हामी सबैले लाग्नुपर्छ। एक दुईजनाको प्रयासले मात्रै हुँदैन।’

सम्बन्धित पाेष्टहरु
Loading...