Radio Unity 92.2MHz

आलितालमा ‘अध्यक्ष कप भलिबल’ माघ २५ देखि, प्रथम पुरस्कार ६० हजार

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा चौथो ‘अध्यक्ष कप भलिबल’ प्रतियोगिता माघ २५ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता माघ १६ गतेदेखि संचालन हुने भनिएपनि खराब मौसमका कारण अब माघ २५ गतेबाट सुरु हुने गाउँपालिकाले जनाएको छ।

प्रतियोगिता माघ २७ गतेसम्म चल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार पुरस्कार प्रदान गरिनेछ। द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ४० हजार दिने राखिएको छ।

पुरस्कार राशिमा नियमानुसार २५ प्रतिशतक कर कट्टी गरिने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको खेल हुनेछ। पुरस्कार पनि महिला पुरुष दुवैलाई समान राखिएको छ। प्रतियोगितामा पालिकाभित्र रहेका सरकारी कार्यालय, संघसंस्था, विद्यालय तथा क्लबहरूले सहभागिता जनाउन पाउनेछन्। टिम दर्ता शुल्क दुई हजार पाँच सय रूयैयाँ तोकिएको छ।

प्रतियोगिताका खेलहरू आलिताल गाउँपालिकाकै प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि पालिका खेलकुद समितिका अध्यक्ष धीरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति पनि गठन गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...