Radio Unity 92.2MHz

बैतडीका पत्रकार विष्ट उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत

बैतडीः बैतडीका सक्रिय पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता विनोद सिंह विष्ट सम्मानित भएको छन्। राससको ६२औँ बार्षिकोत्सव समारोहमा विष्टलाई सम्मान गरिएको हो।

राससको सुदूरपश्चिम प्रदेशको उत्कृष्ट समाचारदाताको रूपमा विष्टलाई नगद १५ हजार,फूलमाला र प्रमाणपत्रले सम्मान गरिएको हो। गत वर्ष नै घोषणा भएको उक्त पुरस्कार कोरोना कहरका कारण औपचारिक कार्यक्रम नहुँदा यो वर्ष वितरण गरेको हो।

विष्टलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले सम्मान गरे। बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका विष्ट विगत ८ वर्षदेखि राससको बैतडी समाचारदाताको रूपमा कार्यरत रहेका छन्।

पत्रकार महासंघ बैतडीका सहसचिवसमेत रहेका विष्टले यसअघि पनि राससबाटै अडियो र समाचार सम्प्रेषण गरेवाफत पुरस्कार पााइसकेका छन्। विगत १२ वर्षदेखि सक्रिय रूपमा सञ्चारकर्ममा रहेका विष्टले विभिन्न इलेक्ट्रोनिक र छापामाध्यममा काम गरिसकेका छन्। पुरस्कार ग्रहणपछि विष्टले यो सम्मानले सञ्चारकर्ममा लागिरहन थप जिम्मेवार र हौसला मिलेको बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।