Radio Unity 92.2MHz

शिवशिखर सहकारी डडेल्धुराविरुद्व नेविसंघको प्रदर्शन

डडेल्धुरा: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ।

बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर सहकारीविरुद्व नेविसंघ डडेल्धुरा प्रदर्शन गरेको हो। नेविसंघ डडेल्धुराले बुधबार हातहातमा प्लेकार्ड बोकेर जिल्ला सदरमुकामस्थित भीमदत्त चोकमा प्रदर्शन गरेको हो।

डडेल्धुराका जनताबाट ४० करोड बढी रकम संकलन गरी २ करोड मात्रै बजारमा लगानी गरेको शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले अहिले आएर रकम फिर्ता गर्नै छोडेपछि आफूहरूले प्रदर्शन गरेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई अध्क्षय ऐरसहित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐर, विद्यार्थी नेतृ देवकी तमोलीले सम्बोधन गरेका थिए।

डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।