Radio Unity 92.2MHz

डोटी घटालका किसानलाई आलु रोप्न चटारो

  • विमलप्रसाद बोहरा

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका– २ र ३ मा पर्ने डोटी घटाल क्षेत्रका किसानलाई आलु रोप्न भ्याइनभ्याइ छ। यहाँका किसान परम्परागत खेती छाडेर आलु लगाइरहेका हुन्।

यहाँका किसानहरु यति बेला आलु रोप्नमा व्यस्त देखिन्छन्। मल बोक्ने, जोतखन गर्न र आलुको बीउ लगाउनमै यहाँका किसानहरुको दिनचर्या बित्ने गरेको छ। फागुनमा हिउँदे बालीका रूपमा आलु लगाइन्छ।

परम्परागत खेती गहु, जहुँ लगाउने यहाँका किसान विगत ३ वर्ष यतादेखि व्यवसायिक रूपमा आलु लगाउँदै आइरहेका छन्। आलुका लागि पोकेट क्षेत्र मानिने उक्त क्षेत्रमा अहिले किसानलाई आलु लगाउने चटारो छ।

फागुनमा लगाइएको आलु आगामी जेठ असारमा तयार हुने किसान कृष्णराज बोहराले बताए। आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय युवाहरू परम्परागत खेती छाडेर आलु खेतीमा आकर्षित हुन थालेको उनको भनाइ छ। यहाँका अधिकांश नागरिकहरुले व्यवसायिक रुपमा आलु, काउली र अन्य तरकारी खेती गरिरहेका छन्।

आलु खेतीमा पछिल्लो समय खेती प्रविधिको प्रसार तथा यान्त्रिकरण प्रवद्र्धनले आलुको उत्पादन तथा उत्पादकत्व बढेको बताएको छ। उत्पादन बढेसँगै किसानले भाउ पनि राम्रो पाउने आँकलन गरिएको छ। तर, यसवर्ष भने हिउँदे वर्षा नभएकाले उत्पादन विगतभन्दा कम हुने किसानहरू बताउँछन्।

सम्बन्धित पाेष्टहरु
Loading...