Radio Unity 92.2MHz

गन्यापधुरा गाउँपालिकाका ५८ जनालाई गरिब परिचयपत्र वितरण

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा गरिब परिचयपत्र वितरण सुरु गरिएको छ।

बिहीबार गाउँपालिका–५ रेलमा एक कार्यक्रमकाबीच ५८ जनालाई गरिब परिचयपत्र वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गर्दै गरिब परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरे।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा संचालित र गाउँपालिकाको सहजीकरणमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत यहाँका ५८ जनालाई गरिब परिचयपत्र वितरण गरिएको उनले बताए।

‘गाउँपालिकामा तथ्याङ्क संकलन, सोको विष्लेशण, प्रारम्भिक सूची प्रकाशन, गाउँपालिकामार्फत गुनासो संकलक र प्रशोधन गरी अन्तिम नामावलि स्विकृति पश्चात छापिएका अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी १ हजार २०५ जना छन्,’ अध्यक्ष र्काीले भने, ‘तीमध्ये आज हामीले ५८ व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेका छौँ।’

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानुकुमारी सेटीको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।