Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिकाले जित्यो जिल्लास्तरीय भलिबलको उपाधि

डडेल्धुरा: नवदुर्गा गाउँपालिकाले जिल्लास्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पाँचौं डडेल्धुरा महोत्सवका अवसरमा डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि नवदुर्गाले उचालेको हो।

   

शुक्रबार भएको फाइनल खेलमा नेपाल विद्यार्थी संघ (नेविसंघ बीपी)लाई ३–० को सोझो सेटमा हराउँदै नवदुर्गाले ट्रफी जित्यो। ट्रफीसँगै नवदुर्गाले नगद ६८ हजार ६८ रुयैयाँ पनि पाएको छ। उपविजेता बनेको नेविसंघ बीपीले ४८ हजार ४८ रुयैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा गन्यापधुरा गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको खेल व्यवस्थापक एवं जिल्ला भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए। भगवती इङ्गलिस बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित गर्दै गन्यापधुरा तेस्रो बनेको हो।

तेस्रो भएको गन्यापधुराले २८ हजार २८ रुयैयाँ पाएको छ। प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो। फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका–४ टुँडिखेलमा खेलाइएको थियो।

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।