डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ। मंगलबार निर्वाचन समितिको कार्यालयले सूचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार फागुन १९ गते संघ, संगठन र समूह दर्ता, २१ गते मतदाता सूची प्रकाशन, २५ गते १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध, २५ गते ५ बजेसम्म अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयनपत्र वितरण, २७ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दाखिला गरिसक्नुपर्नेछ।
यस्तै, फागुन २७ गते ५ बजे उम्मेदवारको नामावली प्रकाशन, २८ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको नामउपर दाबी विरोध, २८ गते ५ बजे छानबिनपछि उम्मेदवारको नामावली प्रकाशन, २९ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, २९ गते २ बजे उम्मेदवारको अन्तिम नावाली प्रकाशन र चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले जानकारी दिए।
विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो। प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। २०६५ साल चैत ६ गतेपछि एकैपटक ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।
स्ववियु निर्वाचन तालिका :