स्वतन्त्र सांसद जोशी भन्छन् : सरकारलाई स्थिर बनाउन विश्वासको मत दिन्छु
प्रतिपक्षमा बसेर जनताका बिषयमा वकालत गर्ने
डडेल्धुरा: डडेल्धुरा प्रदेश ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद डा। तारा जोशीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएका छन्।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर उनी प्रतिपक्षी बेच्नमा बस्ने रणनीति बनाएका हुन्।
आज दिउँसो मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । स्वतन्त्र सांसदले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।
‘मैले सरकारलाई स्थिर बनाउन विश्वासको मत दिने छु । तर, म सत्ता पक्षमा बस्दिन्। प्रतिपक्षमा रहेर जनताका बिषयमा वकालत गर्छु,’ उनले भने।