डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।
आज दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको आठौं बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कुल ५२ मत खसेको थियो। शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको हो।
शाह नेपाली कांग्रेस संसदीय दलका नेता समेत हुन्।