Radio Unity 92.2MHz

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा जोशी

डडेल्धुरा: नेपाल औषधि व्यवसायी संघ डडेल्धुरा, बैतडी र दार्चुलाको अध्यक्षमा ईश्वरीप्रसाद जोशी चयन भएका छन्।

शनिबार पाटनमा सम्पन्न तीन जिल्लाको दोस्रो संयुक्त अधिवेशनले जोशीलाई अध्यक्षमा चयन गरेको हो। संघको उपाध्यक्षमा जगदीशप्रसाद लेखक, महासचिवमा जयसिंह विष्ट, सचिवमा प्रकाश मडै, कोषाध्यक्षमा उमापति भट्ट रहेका छन्।

यस्तै सदस्यमा अम्बादत्त बोगटी, नरेशराज जोशी, खेमबहादुर खत्री र जयप्रकाश झालाई चयन भएका छन्। सबै पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका हुन्। उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...