Radio Unity 92.2MHz

शिवशिखर सहकारी डडेल्धुराले चैत १ देखि बचत फिर्ता गर्ने

  • टीकाराम साउँद

डडेल्धुरा: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाले आगामी चैत १ गतेदेखि सहकारीलाई नियमित रूपमा संचालन गर्ने भएको छ।

बचत रकम फिर्ता गर्न नसकेपछि पछिल्लो समय विवादमा आएको शिवशिखर सहकारीले बचतकर्ताको बचत फिर्ता गर्ने भएको हो। सोमबार बिहान आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सहकारीले ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको र सहकारीलाई नियमित रूपमा संचालनमा ल्याउने जानकारी गराएका हो।

सहकारीमा बचत गरेका बचतकर्ताहरुको बचतलाई सुरक्षित गर्न तथा बचत फिर्ताको लागि आइतबार अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको रोहवरमा दुईपक्षीय वार्ता गरी ९ बुँदे सहमतिपत्रमा दुईपक्षीय हस्ताक्षर गरिएको थियो।

आफूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरू शिवशिखर सहकारी लिमिटेड डडेल्धुराको तुफानडाँडास्थित कार्यालयमा घेराउ गर्न थालेपछि पछिल्लो केही दिनयता सहकारीको कार्यालयसमेत बन्द छ। चैत १ गतेदेखि २०८० असारसम्म मासिक ४ करोडका दरले नियमित बचत तथा समय अवधि पुगेको मुद्दती बचत वाफतको रकम क्रमिकरूपमा भुक्तानी गर्ने सहमति भएको छ।

सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक तथा वार्ताका लागि सहकारीका प्रतिनिधि भोजराज पौडेलले बचतकर्ताहरूको बचत फिर्ता गर्नको लागि सहकारीले वैकल्पिक व्यवस्था गरिरहेकोले बचतकर्ताहरूलाई ढुक्क हुन आग्रह गरे।

तुफानडाँडामा संस्थाको नाममा ४ तल्ले भवन रहेको र सोही भवनबाट शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र संस्थाद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सुविधा दिँदै आएको थियो।

संस्थाकै लगानीमा डडेल्धुराको बागबजारमा गार्डेन मार्टको अर्को शाखा रहेको छ। जिल्लामा ३९ करोड ८ लाख निक्षेप रहेको उक्त सहकारीको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको जनाएको छ । सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको देखिन्छ।

९ बँदे सहमति :

सम्बन्धित पाेष्टहरु
Loading...