Radio Unity 92.2MHz

बैतडीमा भीरबाट लडेर युवकको मृत्यु

बैतडी: बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ वर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको स्थानीय विजय साउँदले जानकारी दिए।

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।