Radio Unity 92.2MHz

डडेल्धुरामा एसईई परीक्षाको तयारी पूरा

डडेल्धुराः डडेल्धुरामा माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ। भोलि शुक्रबारबाट हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ।

भोलि बिहानबाट सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए । केन्द्राध्यक्ष नियुक्त गरेर प्रश्नपत्र र उत्तरपुस्तिकासहित केन्द्रमा पुगिसकेको उनको भनाइ छ।

उनका अनुसार यसवर्ष एसईई परीक्षामा डडेल्धुराबाट दुई हजार ६ सय ८९ विद्यार्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ २ हजार ३ सय ७७, प्राविधिक धारतर्फ २ सय ४ र ग्रेड वृद्धि तर्फका १ सय ८ जना विद्यार्थी छन्।

एसईई परीक्षा सञ्चालनका लागि १२ वटा केन्द्र तोकिएका छन्। शिक्षा विकास तथा समन्वय इकाईले एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा सहयोग पुर्‍याउन सबैमा आग्रह गरेको छ। १७ गते पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ। परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।