Radio Unity 92.2MHz

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु

बझाङ: बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । बालकको मृत्युपछि पीडित परिवार र स्थानीयहरूले प्रदर्शन गर्दा घटनास्थल तनाबग्रस्त बनेको छ ।

बसको ठक्करबाट सुर्मा गाउँपालिका– ३ का धनबहादुर बोहराको छोरा सरगम बोहराको मृत्यु भएको हो । सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सख्त घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ । पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...