Radio Unity 92.2MHz

भागेश्वरका अपाङ्ग, अशक्त, असहाय र दीर्घरोगीलाई आर्थिक सहयोग

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकामा रहेका अपाङ्गता भएका व्यक्ति, अशक्त, असहाय र दीर्घरोगीहरूलाई आर्थिक सहयोग गरिएको छ। शुक्रबार एक कार्यक्रमकबीच गाउँपालिकाका १४ जनालाई आर्थिक सहयोग रकम हस्तान्त्रण गरिएको हो।

समाजसेवी तथा महिला नेत्री गीता भट्टको विशेष पहलमा र सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबका अध्यक्ष समाजसेवी खेमराज भट्टलगायतका समाजसेवीहरूले पठाएको रकम हस्तान्त्रण गरिएको बताइएको छ।

अपाङ्गता भएका एकै घर ४ जनालाई ५० हजार र बाँकी १० हजारलाई प्रतिव्यक्ति ५ हजार सहयोग गरिएको समाजसेवी तथा महिला नेत्री भट्टले बताइन्।

सम्बन्धित पाेष्टहरु
Loading...