कैलालीः डोटीका एक बालक आठ दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकीका १५ वर्षीय टेक साफरी बेपत्ता भएका छन्।
चैत २६ गते आइतबार धनगढी उप महानगरपालिका–११ बाट साफरी बेपत्ता भएका हुन्। उनी धनगढीमा आफ्नी फुपूको घरमा बस्दै आएका थिए। बेपत्ता छोराको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय कैलालीमा २७ गते निवेदन परेको प्रहरीले जनाएको छ।
बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले बताएको छ। साफरीलाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गरिदिने परिवारले अनुरोध गरेको छ।