डडेल्धुरा: जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, डडेल्धुराको संयोजकमा प्रकाश एसके चयन भएका छन्।
बिहीबार जिल्ला सदरमुकाममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका केन्द्रीय प्रतिनिधि प्रकाश विसीको उपस्थितिमा सम्पन्न दोस्रो जिल्ला भेलाले एसकेलाई डडेल्धुरा संयोजक चयन गरेको हो।
उनको संयोजकत्वमा पाँच सदस्य पछि थप्ने गरी १९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। समितिको सदस्यमा दीपक पार्की, भरत कैनी, सागर ताम्राकार, भरत चुनारा, वीरेन्द्र विक, दीपक तिरुवा, केशव भण्डारी, सुरेश तिरुवा, सानु ताम्राकार, कृष्ण विक, योगेश ठकुराठी, अविशेक महरा भाष्कर ठकुराठी र पूजा विक रहेका छन्।