राष्ट्रिय राजनीतिको प्रभावले प्रदेश सरकारले पूर्णता पाउन सकेन : मुख्यमन्त्री शाह
अब खल्तीबाट चिट निकालेर योजना बन्दैन
डडेल्धुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय राजनीतिको प्रभावका कारण प्रदेश सरकारले पूर्णता पाउन नसकेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।
‘राष्ट्रपतिको निर्वाचनपछि राष्ट्रिय राजनीति नयाँ गठबन्धन अनुसार अगाढी बढ्यो। त्यसको प्रभाव स्वभाविक रूपमा सबै प्रदेशमा प¥यो,’ उनले भने, ‘र, त्यहीँ क्रममा सात वटै प्रदेशमा छलफल गर्नुपर्ने, एउटा सहमतिका साथ अगाडि बढ्नु पर्ने भएको कारण ढिलाई भएका हो।’
उनले हिजो मात्रै उपनिर्वाचन सकिएको बताउँदै अब प्रदेश सरकार विस्तार हुने क्रम अगाडि बढ्ने जिकीर गरे। मुख्यमन्त्री भइसकेपछि पहिलो पटक डडेल्धुरा पुगेको उनको भनाइ छ।
उनी भन्छन्, ‘नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनिसकेपनि सरकारले पूर्णता पाउन बाँकी छ। तर, पनि हामीहरूले हिजो भएका योजनाको अवस्था कस्तो छ कुन रूपमा छन्। २०८०/०८१ को बजेट कसरी निर्माण गर्ने, त्यो सन्दर्भमा विभिन्न छलफल ग¥यौ। र, ९ वटै जिल्लाका सरोकारवाला व्यक्तिसँग छलफल गर्ने क्रममा हामी यहाँ आइपुगेका छौं।’
भ्रष्टाचार, सुशासन, आर्थिक बृद्धि, स्वास्थ्य शिक्षालगाएतका हरेक क्षेत्रमा आफूहरू अगाडि बढ्ने उनको दाबी छ। ‘अब सुदूरपश्चिम सरकारलाई जनताले महसुस गर्ने, विश्वास गर्ने एउटा सन्देश दिन चाहान्छौ,’ उनले भने।
मुख्यमन्त्री शाह कांग्रेस संसदीय दलका नेता हुन्। उनकै नेतृत्वमा नेकपा एसका तर्फबाट नरेशकुमार शाही आर्थिक मामिला मन्त्री र कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री छन्। अन्य चार मन्त्रालयले भने मन्त्री पाउन सकेको छैन्।
अब खल्तीबाट चिट निकालेर योजना बन्दैन
मुख्यमन्त्री शाहले अब कसैले खल्तीबाट चिट निकालेर योजना नबने दाबी गरे।
‘अहिलेको योजना छनोट र छनोट भएका योजना सम्पन्न गर्ने कुरामा एउटा प्रक्रियागत ढंगले एउटा सिस्टममा लिएर अगाडि बढ्नेमा प्रदेश सरकार स्पष्ट छ,’ उनले भने, ‘कसैले खल्तीबाट चिट निकालेर योजना बन्दैन्। यतिमा तपाईंहरू ढुक्क भए हुन्छ।’
विगतमा योजना छनोटमा अनियमितता भएका कुरा आइरहेको बताउँदै उनले अब भने आफूहरू त्यस्तो अनियमितता हुन नदिने अठोट व्यक्त गरे।
विगतका सरकारले गरेका कमजोरी चिर्दे अगाडि बढ्छौं : मन्त्री शाह
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले विगतका सरकारले गरेका कमजोरीले चिर्दे अगाडि बढ्ने दाबी गरे।
‘विगतमा योजना कार्यान्वयनकै क्रममा पनि थुप्रै कमजोरी भएका छन्,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले ती कमजोरी दोह¥याउँदैन्। त्यसैका लागि स्थलगत निरीक्षण गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छौं।’