डडेल्धुरा: नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नेकपा एकीकृत समाजवादी पार्टी डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। शुक्रबार सो पार्टीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत् प्रधानमन्त्री पुष्ककमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र पठाएको हो।
नेकपा एससँग सम्बद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, युवासंघ नेपाल, नेपाल खेलकुदमहासंघ (समाजबादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेपाल दलित मुक्ति संगठनले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्।
‘छानविनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसंधानलाई नाजायज ढंगबाट प्रभावपार्ने दौडधुप पनि भइरहेको कुरा बाहिरिएको छ। भ्रष्टाचारकाविरुद्घ र सुशासनको पक्षमाप्रभावकारी कानुनी तथा प्रशासनिक कारबाही नहुदा लोकतन्त्र र न्याय कमजोर हुँदै जान्छन्,’ ज्ञापनपत्र भनिएको छ, ‘कारबाही प्रक्रिया कमजोर हुन नजाओस् र सम्पूर्ण दोषिहरुमाथि अविलम्ब कारबाही गर्न सरकार दृढतापूवक अघि बढोस् भन्ने कुरामा जोडदार माग गर्दछौं।’
ज्ञापनपत्र बुझाउनुअघि एकीकृत समाजवादीले भीमदत्त चोकमा ‘नक्कली भुटानी शरणार्थी काण्डमा मानवतस्कारीमा संलग्नलाई कारबाही गर’ भन्दै हस्ताक्षर संकलन कार्यक्रम राखेको थियो।