धनगढीः नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रूपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ।
संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगो लागेको जानकारी दिए। कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा डडेल्धुराबाट समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको भट्टले बताए।
उनका अनुसार साउँदलाई सामाजिक विकास र धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइँदैछ। उनीहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।