Radio Unity 92.2MHz

शिवशिखर सहकारीविरुद्ध डडेल्धुराका युवा आन्दोलित, प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

डडेल्धुराः शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था डडेल्धुराविरुद्ध स्थानीय युवाहरू आन्दोलित भएका छन्। विनयप्रकाश मल्ल युवा टिममार्फत सहकारीविरुद्व आन्दोलन थालिएको हो।

डडेल्धुरामा मात्रै ४२ करोड रकम निक्षेप संकलन गरी बन्द भएको शिवशिखर सहकारीले स्थानीयको रकम फिर्ता गर्नुपर्ने र सहकारीमाथि कानूनी कारबाही हुनुपर्ने माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र ओझामार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाइएको विनयप्रकाश मल्ल युवा टिमले जनाएको छ।

ज्ञापनपत्र बुझाएपछि युवाहरूले जिल्ला सदरमुकाममा र्‍याली पनि निकालेका छन्। जिल्ला प्रशासन कार्यालयदेखि सुरु भएको र्‍याली बागबजारसम्म पुगेर कोषसभामा परिणत भएको थियो।

यस्तै विनयप्रकाश मल्ल युवा टिमले ज्ञापनपत्र मार्फत नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अर्बौं रकम भ्रष्टाचार गर्ने दोषीलाई पनि कारबाही माग पनि गरेको छ। अमरगढी नगरपालिका– ४ खलंगा घर भई हाल जापानमा व्यवसाय गर्दै आएका विनयप्रकाश विभिन्न सामाजिक कार्यमा सक्रिय छन्।

ज्ञापन पत्र :

 

सम्बन्धित पाेष्टहरु
Loading...