Radio Unity 92.2MHz

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्।

शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीतादेवी मालले शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। राज्यमन्त्री माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।