धनगढीः सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०८०–८१ का लागि खेलकुद पूर्वाधार विकास र खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि ४ करोड १८ लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले खेलकुदको विकास विद्यालयदेखि ओलम्पिकसम्म भन्ने नाराका साथ खेलकुद क्षेत्रको संस्थागत विकासमा जोड दिइने बताएका छन्।
शाहिले भने, ‘बहुउदेश्यिक रंगशाला, कभर्डहल, खेल मैदान जस्ता खेलकुद पुर्वाधारका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु।’
यस्तै, राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई प्रोत्साहनको व्यवस्था गरेको उल्लेख गरेका छन्।