डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेको देवल मावि जिल्लाकै उत्कृष्ट घोषित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार देवल मावि जिल्लाकै उत्कृष्ट बनेको हो।
देवल माविले व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले जिल्लाकै उत्कृष्ट विद्यालयमा अटाएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।
शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट देवल मावि जिल्लाकै उत्कृष्ट र देशको २५औँ नम्बरमा राम्रो विद्यालयमा परेको उनले बताए। गाउँपालिकाको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउनेहरूका लागि यो दह्रो जवाफ पनि भएको उनको भनाइ छ।