डडेल्धुराः डडेल्धुरामा पाठेघर खस्ने समस्याको निःशुल्क तीनदिने शल्यक्रिया शिविर सुरु भएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा डडेल्धरा अस्पतालसँगको समन्वय शिविर शनिबारदेखि सुरु भएको हो।
वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर डडेल्धुरा अस्पतालमा सुरु भएको कार्यालय प्रमुख केशरबहादुर साउदले जानकारी दिए।
उनका अनुसार पहिलो दिन आज ३ जनाको शल्यक्रिया गरिएको छ। भोलि ४ जनाको शल्यक्रिया गरिँदैछ। डाक्टर जगदीश विष्टले शल्यक्रिया गरिरहेका छन्। विष्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। शिविर २५ गतेसम्म चल्नेछ।