बैतडी: बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटनामा परी घाइते भएकाहरूमध्ये ३७ जनाको नाम खुलेको छ। चालकसहित बसमा सवार ४२ जनामध्ये एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
घाइते भएकामध्ये ४ जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो।
सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। बसमा सवारमध्ये पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको छ।
घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा बिमला दमाई, शिवनाथ गाउँपालिका ६ का १८ वर्षीया पूजा साउँद, कञ्चनपुरको दोधाराचाँदनीका दिनेश भण्डारी, सोही ठाउँका पार्वती भण्डारी, पञ्चेश्वर २ का केशव लुहार, १३ वर्षीया दिपिका भट्ट, मेलौली ७ की २५ वर्षीया मञ्जु पार्की, पञ्चेश्वर ३ की २५ वर्षीया कृष्णा शाही चन्द, शिवनाथ ५ की २० वर्षीया मीना चन्द, मेलौली नगरपालिका ५ की ४५ वर्षीया कमला चन्द, सोही ठाउँकी १८ बर्षीया कल्पना चन्द, मेलौली नगरपालिका ७ का ३५ वर्षीय विनोद दमाइ, पञ्चेश्वर ३ की ९ वर्षीया दिया चन्द, सोही ठाउँकी ३५ वर्षीया सीता चन्द र सोही ठाउँका १५ वर्षीय रेशम चन्द रहेका छन् ।
यस्तै पञ्चेश्वर ३ का ७ वर्षीय दिपेश चन्द, सोही ठाउँका ४५ वर्षीय सुरतबहादुर चन्द, शिवनाथ ४ का ५२ वर्षीय कालुराम कोली, सोही ठाउँकी ५० वर्षीया परु कोली, शिवनाथ ५ का २६ वर्षीय बिरपल धनाडी, सोही ठाउँका १३ वर्षीय प्रकाश कार्की, पञ्चेश्वर ३ की १८ वर्षीया संगीता चन्द, सोही ठाउँका ४३ वर्षीय सुरज चन्द, मेलौली नगरपालिका ७ की ५० वर्षीया उषा दमाइ, महेन्द्रनगरकी १७ वर्षीया निशा भट्ट, पञ्चेश्वरकी ६५ वर्षीया सेतु चन्द, मेहन्द्रनगरका १५ वर्षीय विपिन भट्ट, पञ्चेश्व ३ का ३७ वर्षीय खडक चन्द, सोही ठाउँकी २० वर्षीया लछी चन्द, शिवनाथ ५ का कृष्ण सुतार, सोही ठाउँकी २० वर्षीया सोबधरा धनाडी, सोही ठाउँका आशिष धनाडी, पाटन ५ का ३५ वर्षीय केशवसिंह ठगुन्ना र मेलौली ४ का २६ वर्षीय अमृत चन्द पनि घाइते भएका छन् ।
यस्तै दुर्घटनामा परेर बस चालक ३५ वर्षीय देव भण्डारी, बसका साहु शिवनाथ १ का ४० वर्षीय भरत साउँद पनि घाइते भएका छन्।