Radio Unity 92.2MHz

डडेल्धुरामा पाठेघर खस्ने समस्या भएका १२ महिलाको निःशुल्क शल्यक्रिया

डडेल्धुराः डडेल्धुरामा पाठेघर खस्ने समस्याको तीनदिने निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा डडेल्धरा अस्पतालसँगको समन्वयमा शनिबारदेखि सुरु भएको शिविर सोमबार सकिएको हो।

शिविरमा लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका १२ जना महिलाको निःशुल्क शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानसिंह कुँवरले जानकारी दिए।

उनका अनुसार वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गरिएको थियो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर जगदीश विष्टले शल्यक्रिया गरेका थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।