Radio Unity 92.2MHz

‘भगवानभरोसा’मा बच्चा जन्माउन बाध्य छन् गाउँका महिला

  • शेरबहादुर भण्डारी

डडेल्धुराः भएका स्वास्थ्य संस्था स्तरीय नहुनु र भौगोलिक विकटताका कारण डडेल्धुराका ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य भएका छन्।

जिल्लाको परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारलाई हिजो (मंगलबार) सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाने क्रममा बाटौमै शिशु (छोरा)लाई जन्म दिइन्।

वर्षातको बाटो, सामान्य मानिसलाई हिडेर जोगबुढा अस्पताल पुग्न करिब पाँच घण्टा लाग्छ। असारे झरी, गाउँमा स्टेचर पनि थिएन्। सुत्केरीलाई पीठ्यूँमा बोकेर त्यति टाढाको अस्पताल पु¥याउन कम्ती कठिन थिएन्।

तैपनि स्थानीयले लुहारलाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने बाध्यता थियो। तर, उहाँले स्वास्थ्य संस्था नपुग्दै लामीगडाको जंगलमा बेलुकी ६ः३० बजे शिुशु जन्माइन्। राती १० बजे सादनीका स्थानीयले स्टेचर ल्याएर पुगेपछि उहाँलाई सादनी स्वास्थ्य चौकी लगियो।

बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने मिना एक्ली होइनन्। गत मंसिरमा पनि जमरानीकै संगिता लुहारलाई जोगबुढा अस्पताल लैजाँदै गर्दा बाटौमै शिशुलाई जन्मदिनु भएको थियो। जमरानीमा यस्ता घटना प्रायः घटिरहन्छन्। तर, बाहिर भने आउँदैनन्।

गाउँमा जमरानी आधारभुत स्वास्थ्य केन्द्र त छ। तर, नाम मात्रैको। जहाँ सिटामोल पनि पाउन समस्या हुने गरेको स्थानीय कविता धमला बताउनु हुन्छ।

उहाँ भन्नुहुन्छ, ‘अझैं तीनचार जना महिला सुत्केरी हुने छन्। अस्पताल लैजादै गर्दा बाटामै ज्यान जाने हो की भन्ने चिन्ता हुन्छ। आमाहरूका लागि प्रसूति गृह नहुनु मात्रै दुर्भाग्य होइन, ‘भगवानभरोसा’मा बच्चा जन्माउन बाध्य छन्, यातायात सुविधा नहुनु प्रमुख समस्या हो।’

परशुराम नगरपालिका–८का वडाअध्यक्ष दिनेशप्रसाद जोशीले बाटौमै शिशु जन्माउनु पर्ने बाध्यता यहाँका महिलाको दैनिकी बनिसकेको बताउनु भयो।

‘ढेपरी खोला पुल बगाएको दुई वर्ष भयो। वर्षात्मा बाटो पूरै बन्द हुन्छ। प्रदेश सरकारले पुल निर्माणका लागि २० लाख बजेट त छुट्याएको छ। तर टेन्डर हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘हामीले पटकपटक टेन्डरका लागि प्रदेशलाई आग्रह गरेका छौं। ग्राभेल सडकका लागि नगरपालिकासँग पनि माग गरेका छौं।’

जमरानी आधारभुत स्वास्थ्य केन्द्रको स्तरोउन्नती हुन सके पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।