Radio Unity 92.2MHz

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

डोटी: डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीवार चट्याङ लागेर बडीकेदार गाउँपालिका–५ दुदिलाका हर्कबहादुर बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार अन्दाजी ६५ वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो साढे २ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर बोहरासँगै ६ वटा बाख्रा पनि मरेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।