डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका–५ तल्पखाका एक बालक बेपत्ता चार दिनदेखि भएका छन्। १६ वर्षीय तपेन्द्र सार्की असार २९ गतेदेखि बेपत्ता भएको परिवारले स्रोतले जनाएको छ।
उक्त वडामै रहेको देवलदिव्यपुर माविमा कक्षा ७ मा अध्ययनरत सार्की घरबाट स्कूल जाने भनेर निस्किएका थिए। खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवलदिब्यपुरमा निवेदन दिएको पारिवारिक स्रोतले जनाएको छ।
बुबा भानी सार्की र आमा मीना सार्कीका छोरा तपेन्द्र केही दिन यता घर नआएपछि परिवारले खोजी दिनका लागि सबैलाई अपील गरेको छ।
सामुदायिक विद्यालयको पोशाकमै रहेका तपेन्द्रलाई कहीँ कतै देखेमा नजिकको प्रहरी चौकीमा अथवा मोबाइल नम्बर ९८६८७५८७२२ मा जानकारी गराई दिन परिवारजनले आग्रह गरेका छन्।