Radio Unity 92.2MHz

अब डडेल्धुरामै ‘मेडिकल ल्याब’ मा डिप्लोमा गर्न पाइने

डडेल्धुरा: डडेल्धुरामा ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा पढाइ हुने भएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक डडेल्धुरामा मेडिकल ल्याब टेक्नोलोजी विषयमा डिप्लोमा पढाइ हुने भएको हो।

जिल्ला सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ हुने कलेजका प्रबन्धक राजेन्द्र भण्डारीले बताए।

उनका अनुसार यसैवर्ष स्तरोउन्नति भएको कलेजमा ल्याब टेक्नोलोजीका साथै प्री-डिप्लोमातर्फ सर्भे इन्जिनियरिङ (अमिन), पशु विज्ञान (भेटेनरी जेटिए), सिभिल सव-ओभरसियर र बाली विज्ञान (कृषि जेटिए) को अध्यापनसमेत गराइनेछ।

अहिलेसम्म ल्याबको डिप्लोमा गर्न तराईका जिल्ला जानुपर्ने बाध्यता रहेकोमा अब डडेल्धुरामै पढाइ हुने भएपछि सुदूर पहाडका सातै जिल्लाका विद्यार्थीलाई सहज हुने कलेजका प्रबन्धक भण्डारीको भनाइ छ।

कलेजका अमिन तथा सिभिल कार्यक्रम संयोजक लोकेन्द्र पनेरुले स्थापनाकालदेखि नै सुदूरपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ह्वाइटपार्क कलेजमा यहि १२ गतेसम्म भर्ना खोलिएको बताए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त गरेको उक्त कलेज सदरमुकाम नजिकैको चिम्रीकोटमा  अवस्थित छ।

सम्बन्धित पाेष्टहरु
Loading...