Radio Unity 92.2MHz

परशुरामका महिलाको गुहार : रक्सीले अन्नपात रहेन्, विक्रीवितरण रोक्दिनुस्

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा मदिरा बिक्रि बितरणमा रोक लगाउन महिलाहरूले माग गरेका छन्।

मंगलबार परशुराम नगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने अधिकांश सहभागी महिलाले मदिरा बिक्रि बितरणमा रोक लगाउन नगरपालिकाको ध्यानाआकर्षण गराएका हुन्।

कार्यक्रममा बोल्दै परशुराम नगरपालिका–५ की पार्वती भट्टराईले पटकपटक वडा र नगरलाई जानकारी गराउँदासम्म मदिरा बिक्रि बितरण किन रोक्न नसकेको ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘रक्सी खाने श्रीमान्ले घरेलु मदिरा पसलमा रबाट गहुँ, धान, मकै लगेर जान्छन्। घरको अन्पात केही बाँकी रहँदैन्। छोराछोरीलाई के खुवाउने भन्ने समस्या हुन थाल्यो।’

वडालाई मदिरा नियन्त्रण गर्न पत्राचार गर्दा आर्थिक मन्दि र राजश्व उठ्ने भन्दै पन्छिने गरेको उनले आरोप लगाइन्। धार्मीक तिर्थस्थल परशुराम नगरपालिका वडा नम्बर ५ मै पर्ने भएकोले मदिरा पूर्ण रूपमा निशेषित हुनु पर्ने उनको माग छ।

‘मदिराबाट राजश्व धेरै उठ्छ भनेपछि हामी महिला समूहबाट वडामै गएर हे¥यौ। त्यहाँ त २० हजार मात्रै उठेको रहेछ,’ उनले भनिन्, ‘मदिरा बन्द गराइदिनुस्, हामी २० होइन। महिला समूहबाट उठाएर २५ हजार दिन्छौं।’

मदिराले समस्या निम्त्याएको भन्दै परशुराम नगरपालिका–५ की कलावती भट्टराईले मदिरा चाँडै बन्द गर्नु आग्रह गरिन्। उनले मदिरा निशेधित गर्नु धेरै ठूलो कुरा नभएको भन्दै त्यसको लागि नगरले नीति नियम बनाउनु पर्नेमा जोड दिइन्।

‘मदिरा निशेधित नभएमा १२ वटै वडाबाट महिला आएर हानथाप हुन सक्छ। कसैको ज्यान जान सक्छ। मेयर, उपमेयर, वडाअध्यक्ष र अन्य ६४ जना जनप्रतिनिधिले जिम्मेवारी लिनुपर्छ’ उनले भनिन्।

सहभागीको जवाफ दिँदै परशुरामकी उपमेयर बिमला कुमारी बोहराले मदिरा निशेधित गर्न आफू लागि परेको बताइन्। उनले विभिन्न वडामा पुगेर जनचेतना मुलक कार्यक्रम गरिरहेको बताइन्।

उनले भनिन्, ‘निशेधित गर्न सक्छौ म भन्न सक्दैन्। यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ? सबैकुरा हामीलाई थाहा हुँदैन् तपाईंहरू खबर गर्नुस् म जहाँ जतिबेला पनि आउन तम्तयार छु।’

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।