Radio Unity 92.2MHz

निर्धन उत्थान लघुवित्त अमरगढीद्वारा बीमा वाफतको रकम भुक्तानी

डडेल्धुराः निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अमरगढी डडेल्धुराले ग्रामीण कर्जा बीमा वाफतको रकम भुक्तानी गरेको छ। अमरगढी शाखाले नवदुर्गा गाउँपालिका–३ डाँडावनमा संचालित डाँडावन ‘ख’ महिला समूह सदस्य स्व. तारादेवी लुहारका श्रीमान् भरतबहादुर लुहारलाई भुक्तानी गरेको हो।

मंगलबार वडा नम्बर ३ को कार्यालयमा एक कार्यक्रमकाबीच वडाध्यक्ष भक्तबहादुर कठायतको हातबाट मृतक सदस्यकका श्रीमान् भरतबहादुरलाई ग्रामीण कर्जा बीमा वाफत १३ लाख २१ हजार तीन सय ११ रुपैयाँ भुक्तानी गरिएको लघुवित्त वित्तीय संस्था लिमिटेड अमरगढी शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए।

उनका अनुसार संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई आयस्तर वृद्धिका लागि लघुउद्यमशिलता सीप विकास (बाख्रापालन, कुखुरापालन, तरकारी खेती, पशुपालन) तालिम तथा वित्तीय साक्षरता तालिम प्रदान र्गै आइरहेको छ।

साथै गैर आर्थिक कारोबार सामाजिक उत्तरदायित्वअन्र्तगत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा संस्थामा आबद्ध रहेका सदस्यहरुका गरिब तथा जेहेन्दार छोराछोरीलाई हरेक वर्ष २ जनालाई छात्रवृत्ति प्रदान, घातक रोग लागेका सदस्य तथा एकाघरका परिवारका सदस्यहरूलाई राहत स्वरुप सहयोग, सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्यहरुलाई दैविक प्रकोप कार्यमा राहत वितरण, संस्थाका प्रमुख कार्यकारी अधिकृतको उद्यमशिलता संदेश, सदस्य तथा सदस्यका पतिको लघु बीमासम्बन्धी राहत वितरण गर्दै आइरहेको छ।

संस्थामा ग्रामीण क्षेत्रका महिलालाई समूहमा आवद्ध गराई लघु कर्जा, लघु बचत, लघु बीमा र रेमिटान्स सेवा दिइरहेको शाखा प्रबन्धक जोशीले बताए। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.ले विगत ३० वर्षदेखि देशभरका ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय, १० क्षेत्रीय कार्यालय र काठमाडौंमा केन्द्रीय कार्यालय रही सेवा दिइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...