Radio Unity 92.2MHz

डडेल्धुरामा यसरी मनाइयो बीपी स्मृति दिवस [फोटो फिचर]

डडेल्धुरा: डडेल्धुरामा पनि बीपी स्मृति दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरेर जिल्लामा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला बीपीको ४१औँ स्मृति दिवस मनाइएको हो।

नेपाली कांग्रेस डडेल्धुराको आयोजनामा दिवसका अवसरमा पार्टी कार्यालयमा बीपीको तस्वीरमा माल्यार्पण गरिएको थियो।

यस्तै, डडेल्धुरा अस्पतालका बिमारीहरूलाई फलफूल वितरणसहित रक्तदान कार्यक्रम पनि गरिएको पार्टीका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।

यसका साथै दिवसका अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराको आयोजना अमरगढी पार्कमा वृक्षारोपण तथा सरसफाई गरिएको छ। फूलका ५० र धुपीका ५० वटा विरुवा रोपिएको नेविसंघ डडेल्धुराका उपाध्यक्ष तारणी पन्तले बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी, कार्यबाहक सभापति डिल्लीराज जोशी, उपसभापति लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, सहसचिवमा प्रेमबहादुर महर, गोविन्दराज बोहरालगायत काँग्रेसका नेताकार्यकर्ताको पनि सहभागिता रहेको थियो।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

 

 

सम्बन्धित पाेष्टहरु
Loading...