Radio Unity 92.2MHz

डडेल्धुरामा टिप्पर दुर्घटना

डडेल्धुरा: डडेल्धुरामा टिप्पर दुर्घटना भएको छ।

सिमेन्ट बोकेर धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर अमरगढी नगरपालिका– ८ रातोगुराँस रिसोर्ट नजिक सडक छेउमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेको छ।

टिप्परमा समान्य क्षति भएको तर मानवीय क्षति भने नभएको उनले बताए। २३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार बेलुकी पौने ५ बजेतिर दुर्घटना भएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।