Radio Unity 92.2MHz

आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षाको सम्भावना

डडेल्धुराः आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाका ले जनाएको छ।

न्यून चापीय रेखाका कारण गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको हो।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै राति देशभरदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका ले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।