Radio Unity 92.2MHz

बाख्रा चराउन गएकी बालिकाको भिरबाट लडेर मृत्यु

डोटी –डोटीमा बाख्रा चराउन गएकी एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समीक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।

उनको शनिबार भिरबाट लडेर मृत्यु भएको स्थानीय गणेशराज जोशीले बताए।उनी केदारेश्वर माविमा अध्ययनरत रहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले भने घटनाका बारेमा थाहा नभएको बताएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।