दार्चुलाः दार्चुलाका एक पुरुष एक सातादेखि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा जिल्लाको महाकाली नगरपालिका–९ चुच्चैका ४० वर्षीय भीमसिंह चैसिर रहेका छन्। मानसिक सन्तुलन ठिक नभएका चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिह चैसिरले बताए।
परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको बुवा दानसिंहले जानकारी दिए। परिवारले उनलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।