Radio Unity 92.2MHz

सेती नदीमा बेपत्ता बालकको अवस्था अझै अज्ञात

डोटी: डोटीमा सेती नदीले बगाउँदा बेपत्ता भएका बालकको अवस्था अझै अज्ञात रहेको छ।

जिल्लाको शिखर नगरपालिका–११ सिमार बेडखेतका प्रकाश नेपालीका साढे २ वर्षीय छोरा रेन्जर नेपालीको अवस्था अझै अज्ञात रहेको हो।

कपडा धुन गएकी फुपूसँग नदीमा गएका बालक शुक्रवार दिउँसो करिब ४ बजेतिर बगेर बेपत्ता भएका थिए।

बालकको खोजी कार्य जारी रहेको भएपनि फेला पारि नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...